स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

Share:

जनकपुर । धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई दश लाख उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप भत्ता प्रतिदिनको ५०० उपलब्ध गराउने कोरोना भाइरस समन्वय समितिको बैठकले निर्णय गरेको नगरपािलकाका प्रमुख उदयकुमार बरबरिया यादवद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यस्तैै ‘लकडाउन’को अवधिभर नगरपालिकाअन्तर्गत कोरोना सङ्क्रमित शङ्कास्पद व्यक्तिलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको पनि विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: