आज चैते दशैँ, हनुमानढोकामा बलि नदिइने

1272
0
Share:

काठमाडौं, १८ चैत । आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैं । आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

वर्षमा चारवटा नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रलाई विशेष रुपमा मनाइन्छ ।

असार शुक्ल र पुस शुक्ल पक्षको नवरात्रको भने चर्चा हुँदैन । साधकले भने वर्षका चारवटै नवरात्रमा शक्ति प्राप्तिका लागि दुर्गा देवीको उपासना गर्छन् ।

चैते दशैँमा हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिनई चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

हनुमानढोकामा बलि नदिइने

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष पूजा हुने तर बलि नदिइने भएको छ ।

कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिने भनी माथिबाट निर्देशानुसार गर्न लागिएको दशैँघरका मूल पुजारी देवरजा अर्यालले जानकारी दिए । चैत्र शुक्ल प्रतिपदादेखि नै दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भने भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: