
पोखरा । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा सरकारले स्थापना गरेको राहतकोषमा गण्डकी विकास बैंकले रु. ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंकका अध्यक्ष सुशिल गौचन, सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै पुगी संकटको यस घडिमा बैंकले गर्नसक्ने सहयोग सम्बन्धमा छलफल गरेका थिए । उक्त अवसरमा गण्डकी विकास बैंकको तर्फबाट गण्डकी प्रदेशले स्थापना गरेको राहतकोषका लागि बैंकका अध्यक्ष सुशिल गौचनबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई रु. ६ लाखको चेक हस्तान्त्रण गरेका हुन् ।
गण्डकी प्रदेश बाहेकका बाँकी ६ वटै प्रदेशलाई प्रति प्रदेश रु. ४ लाखको दरले रु.२४ लाख छिट्टै हस्तान्त्रण गरिने जनाइएको छ ।
