
काठमाडौं । नेपालमा एकैसाथ तीनजनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजना स्थानीयमा संक्रमण पाइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्। सातौं संक्रमित धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् । आठौँ संक्रमित लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । भने नवौँ संक्रमित भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । आठौँ र नवौँ बिरामी क्वारेन्टाइनमा रहेका थिए ।
संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।
यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै रहेकामा संक्रमण भेटिएको भने यो पहिलो पटक हो ।
यो पनि पढ्नुहोस् :
नेपालमा अर्का एक जनामा पनि कोरोना पोजेटिभ : संक्रमित संख्या ६ पुग्यो
