
पोखरा । पोखराको एक होटेलमा कार्यारत सेफ (कुक) मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगर–१० उत्तमचोक स्थित होटेल टास्कमा काम गर्ने ५१ बर्षका सोबित बहादुर क्षेत्री आफ्नै सुत्ने कोठामा मृत फेला परेका हुन् ।
स्याङ्जा आरुखर्क स्थायी घर भएका क्षेत्री आज (शनिबार) बिहान करिब ११ बजे मृत अवस्थामा फेला परेको जनाइएको छ ।
मृत्युको कारण भने खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
