कोरोना सङ्क्रमणका कारण बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

Share:

काठमाडौं । कोरोना (कोभिड १९) को सङ्क्रमणका कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोनाको सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र ज्वरो पनि कम नभएपछि डाक्टरको सल्लाहमा लन्डन अस्पताल भर्ना गरिएको हो ।

बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यहाँ अहिलेसम्म चार हजार ९ सय ३७ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: