अमेरिकामा चिडियाखानामा राखिएको बाघमा कोरोनाको संक्रमण पुष्टि

Share:

काठमाडौं । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाको संक्रमण पुष्टि भएको छ । नादिया नाम दिइएको उक्त बाघ कोही संक्रमित व्यक्तिबाट सरेको अनुमान गरिएको छ ।

अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ । उक्त चिडियाघर मार्च १६ तारिखदेखि आगन्तुकका लागि बन्द गरिएको छ ।

यसअघि विभिन्न घरपालुवा जनावरमा कोरोनाको संक्रमण देखिएको थियो । हङ्गकङमा पोमेरानियन र जर्मन सेफर्ड जातका दुईवटा कुकुर र बेल्जियमको घर पालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: