अब क्वारेन्टाइनबाट निस्किएपछि ७ दिन होम क्वारेन्टाइन अनिवार्य

Share:

काठमाडौं । सरकारले अब १४ दिन क्वारेन्टाइन बसेर निस्किएका व्यक्तिले थप सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ अनिवार्य गर्ने भएको छ । जस अनुसार क्वारेन्टाइन बसाइलाई १४ दिनबाट बढाएर २१ दिन र्पुयाइएको छ । १४ दिन क्वारेन्टाइनमा बसेका केहीमा कोरोना संक्रमण भेटिएपछि मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो अवधिलाई बढाएको हो।

यसअनुसार १४ दिन क्वारेन्टाइनमा बसेपर्छि यापिड डायग्नोस्टिक टेष्ट विधिबाट परीक्षण गरिनेछ । यसमा नेगेटिभ आएपछि घर जान दिइनेछ, तर सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । यसको सम्बन्धीत स्थानीय तहले अनुगमन गर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा ९ हजार १६८ जना छन् । मानिसहरु क्वारेन्टाइनमा बसे/नबसेको हेर्ने लगायतका काममा स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिने छ । यसरी परिचालित हुने स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप एक पटकका लागि १५ सय रुपैयाँ दिने निर्णय समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: