
काठमाडौं । संघीय संसद्का दुबै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । सोमबार सूचना टाँसेर पाचौं (हिउँदे) अधिवेशन अन्त्यको घोषणा गरेको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद् सचिवालयमा पठाएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
४ पुसबाट सुरु भएको अधिवेशन ११० दिन चलेको थियो । यो अवधिमा दुवै सदनबाट जम्मा चारवटा विधेयक पारित भए । कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम बढ्दै गएपछि संघीय संसदको दुवै सदन स्थगित गरिएको हो ।
कमेन्ट गर्नुहोस्
