नेकपाको सचिवालय बैठक आज बस्दै

560
0
Share:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज (मंगलबार) सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । लकडाउन पछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो।

पछिल्लो समय नेकपामा नेताहरुले सचिवालयको बैठक बोलाउन माग गर्दै आएका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी पनि भएको थियो । तर, बैठक बोलाइएको थिएन ।

कमेन्ट गर्नुहोस्
Share: