लकडाउन अवधिभर नेपालमा रहेका विदेशी नागरिकको भिसा शुल्क नलाग्ने

711
0
Share:

काठमाडौं । लकडाउन (बन्दाबन्दी) अवधिभर नेपालमा रहेका विदेशी नागरिकको प्रवेशाज्ञा शुल्क नलाग्ने भएको छ । लकडाउन सुरु भएपछि विदेशी नागरिकको प्रवेशाज्ञा मिति सकिएमा त्यस अवधिभरको प्रवेशाज्ञा शुल्क नलिने अध्यागमन विभागले जनाएको छ।

लकडाउन हुनुभन्दा अगाडि मार्च २१ सम्म नियमित प्रवेशाज्ञासहित नेपालमा भएका विदेशी नागरिकका र तिनीहरुको लकडाउन पछि प्रवेशाज्ञाअवधि सकिएमा अध्यागमन विभागले निःशुल्क सेवा दिने अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन्। उनका अनुसार बन्दाबन्दी खुलेदेखि एक सातासम्म भिसा निशुल्क गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: