कोरोना महामारी : विश्वभर मृत्यु संख्या ८८ हजार नाघ्यो, संक्रमित संख्या १५ लाख बढी

Share:

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट अहिले सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ९५ पुगेको छ। यस्तै १५ लाख १८ हजार ५ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख ३० हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन्।

अमेरिकामा हिजो एकै दिन १८ सय ९७ को मृत्यु भएको छ । यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ पुगेको छ। यस्तै हिजो थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन्। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ ।

अमेरिका पछि स्पेनमा मृतकको संख्या बढेको छ। स्पेनमा बुधबार ७ सय ४७ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार भन्दा माथि छ। त्यस्तै, इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या भने इटालीमा सबैभन्दा धेरै १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन्। २६ हजार ४ सय ९१ जना उपचारपछि निको भइसकेका छन्।

फ्रान्समा पनि कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ९ सय ५९ जना पुगेको छ । त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै २१ हजार उपचारपछि निको भएका छन्। अर्को देश जर्मनीमा पनि संक्रमितको संख्या १ लाख १३ हजार २ सय ९६ पुगेको छ । त्यस्तै, २ लाख ३ सय ४९ जनाले ज्यान गुमाइसकेका छन्। ४६ हजार ३ सय निको भएका छन्।

यतमा छिमेकी देश भारतमा (बुधबार) एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ । अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ । त्यहाँ अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: