बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुग्यो

Share:

काठमाडौं । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ ।

यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो । केही समयअघि सल्माबादको एक म्याम्पमा एक जना विदेशीलाई कोरोना सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत सबै श्रमिकलाई क्वारेण्टीनमा राखेर कोरोना परीक्षण गरिएको थियो ।

यसमध्येबाट बुधबार थप १० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: