पोखराको राहत कोषमा मन्टेस्वरी एशोसियसनको सहयोग

Share:

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो ।

महानगरले स्थापना गरेको राहत कोषमा मन्टेस्वरी एशोसियसन कास्कीले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । मन्टेस्वरी एशोसियसन कास्कीका अध्यक्ष मिलन केसीले विहिबार महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरीन् । संकटको बेला महानगरलाई साथ सहयोग गर्नु आफनो जिम्मेवारी र दायित्व भएको बताउदै अध्यक्ष केसीले कोरोना संक्रमण फैलिन नदिन सबै सर्तक र सचेत बन्नुपर्नेमा जोड दिइन् ।

महानगर प्रमुख जिसीले संकटका बेला सक्दो सहयोग गर्नुपर्नेमा जोड दिदै कोरोना संक्रमणलाई रोक्न एकद्धार प्रणाली मार्फत राहत वितरणमा गरिएको बताए । उनले राहत वितरण गर्दा संक्रमण फैलिन सक्ने भएकाले महानगरले सर्तकतापूर्वक राहत वितरण गरेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: