
पोखरा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस , (कोभिड—१९)को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा एनसीसी बैंक, गण्डकी प्रदेश पोखराले ५ लाख सहयोग गरेको छ ।
बैैंकले नेपालको सातै प्रदेशलाई पाँच पाँच लाख तथा संघिय सरकारलाई ६५ लाख सहयोगको घोषणा यसअघि नै गरे बमोजिम गण्डकी प्रदेशलाई आज सहयोग हस्तान्तरण गरेको हो ।
बैंकले गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङ्गलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंक, पोखराका ऋण अधिकृत डार्बिनबाबु दाहालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
