
पोखरा । पोखरामा आज (शुक्रबार) मृत नवजात शिशु फेला परेकी छन् । शुक्रबार दिउँसो पोखरा – ५ मालेपाटनमा सालनाल सहितको मृत नवजात शिशु फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।
मालेपाटनस्थित गोल चौतारा नजिकै पानीको नहरमा मास पुगेको नाल सहितको नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । घटनाका बारे थप अनुसन्धान भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
