कालिगण्डकी नदीमा हाम फाली एक महिलाले गरिन् आत्महत्या

Share:

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं.३ वारीबेनी दोभान स्थित कालिगण्डकी नदीमा हाम फाली एक महिलाले आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका घर भई पर्वत जलजला गाउँपालिका – ३ वारीबेनीमा मजदुरी गर्दै आएकी ३५ वर्षीया देवी थापा मगरले आत्महत्या गरेकी हुन् ।

नदीमा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई खोजतलाश गर्ने क्रममा शुक्रवार करिव १ सय ५० मिटर तल नदि किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: