प्रमुख सेनानी विष्टको शव लिएर आइपुग्यो जहाज

1871
0
Share:

काठमाडौं। हृदयाघातका कारण ज्यान गुमाएका नेपाली सैनिक विष्टको शव लिएर श्री एअरलाइन्सको जहाज सुडानबाट काठमाडौं आइपुगेको छ । जहाज बिहान सवा ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयाघात हुँदा ज्यान गएको थियो ।

स्वार्गीय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज शनिबार सुडानका लागि उडेको थियो । स्वर्गीय बिष्टको आजै अन्त्येष्टि गरिने नेपाली सेनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: