देश कोरोना मुक्त नहुँदासम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुक मुक्त नहुँदासम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँवर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
Share: