
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या अहिलेसम्ममा १ लाख १४ हजार २ सय ४७ पुगेको छ । संक्रमितको संख्या १८ लाख ५३ हजार १ सय ५५ पुगेको छ भने ४ लाख २३ हजार ६ सय २५ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी अमेरिकामा २२ हजार १ सय ५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या पनि त्यहाँ सबैभन्दा धेरै ५ लाख ६० हजार ४ सय २ जना पुगेको छ ।
त्यस्तै स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जना संक्रमित हुँदा १७ हजार २ सय ९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ । त्यहाँ १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ जना संक्रमित हुँदा १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।
जर्मनीमा १ लाख २७ हजार ८ सय ५४ जना संक्रमित भएका छन् । मृतकको संख्या ३ हजार २२ पुगेको छ । बेलायतमा संक्रमित संख्या ८४ हजार २ सय ७९ पुगेको छ भने मृतक संख्या १० हजार ६ सय १२ पुगेको छ ।
यता छिमेकी देश भारतमा ९ हजार २ सय ५ जना संक्रमित हुँदा ३ सय ३१ जनाको मृत्यु भएको छ ।
