कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघ्यो, अमेरिकामा मात्रै साढे २३ हजार भन्दा धेरैको मृत्यु

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिलेसम्म विश्वमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६ सय ९२ पुगेको छ । यस्तै संक्रमितको संख्या १९ लाख २४ हजार ६ सय ७९ पुगेको छ भने ४ लाख ४५ हजार ५ जना निको भएर घर फर्किसकेका छन्।

विश्वमा सबैभन्दा धेरै अमेरिकामा मानविय क्ष्ति भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ। अमेरिकामा हिजो मात्रै १५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। यो सँगै त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ। यस्तै हिजो मात्रै २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्। अहिले त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ३ सय ७७ छ।

त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ। हिजो ५ सय ८३ जनाको ज्यान गएसँगै इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ। इटालीमा संक्रमितको संख्या १ लाख ६० हजार पुगेको छ। त्यस्तै स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ ।

यता भारतमा हिजो मात्रै १२ सयभन्दा धेरै बिरामी थपिएर कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेको छ । त्यहाँ अहिलेसम्म तीन सय ५० भन्दा धेरैको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: