आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने तयारी

Share:

काठमाडौंं । आज (मंगलबार) बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा जारी लकडाउन लम्ब्याउनेबारे छलफल र निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ।

मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन कम्तीमा एकसाता लम्ब्याउन लागिएको स्रोतको जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर महामारीका रुपमा फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो त्यस पछि दुई पटक थपिएको लकडाउनको समय भोलि (बुधबार) सकिँन लागेको छ।
हिजो मात्रै नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १४ पुगेको छ।

यसैबीच हिजो मात्रै काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामा कोरोना आशंका गरिएको छ। उनीहरुको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ भने उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: