निको भए बेलायती प्रधानमन्त्री जोनसन

Share:

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड १९) निको भएको छ । उनको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएको बीबीसीले बताएको छ ।

प्रधानमन्त्री जोनसन अहिले आफ्नै घरमा आराम गरिरहेका छन् । कोरोनाको सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि अघिल्लो सोमबार चैत २४ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन डिस्जार्च भएपछि घरमा लगिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: