कोरोना संक्रमण आशंका गरिएकी बागलुङकी रिपोर्ट नेगेटिभ

Share:

बागलुङ । कोरोना भाइरस संक्रमणको आशंका गरिएकी बागलुङकी ६५ वर्षीया महिलाको थ्रेट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार गरिएको ¥यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर कोरोना स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरीएको पिसीआर परीक्षणमा भने महिला र उनका छोरा दुवैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

अहिले उनीहरुलाई भीमसेन माध्यमिक विद्यालयमा काठेखोला गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ। ती महिला तीर्थयात्रामा भारतका विभिन्न स्थानमा पुगेर गत चैत महिनामा घर फर्केकी थिइन्।

त्यस्तै, कञ्चनपुरका कोरोना संक्रमित युवासँग भारतबाट सँगै नेपाल छिरेका बरेङ गाउँपालिकाका एक युवाको थ्रेट स्वाबको नतिजा पनि नेगेटिभ आएको छ। उनीसँगै आएका ७ जनाको यसअघि नै कोरोना परीक्षण नतिजा नेगेटिभ आएको थियो।

कमेन्ट गर्नुहोस्
Share: