अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने

Share:

काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने भएको छ । ह्वाइटहाउसले गर्दै आएको नियमित पत्रकार समेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोक्ने निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन डब्लुएचओले गरेको काम निकै कमजोर रहेको आरोप पनि ट्रम्पले लगाएका छन् । कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको अभियोग छ । साथै चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न सङ्गठनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नैपर्नेमा जोड दिए ।

अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश हो । गत वर्ष मात्र अमेरिकाले डब्लुएचओलाई चार सय मिलियन अमेरिकी डलर दिएको थियो । यो रकम सङ्गठनको करिब १५ प्रतिशत बजेट हो ।

कमेन्ट गर्नुहोस्
Share: