कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, साढे २२ लाख बढी संक्रिमत

Share:

काठमाडौं । कोरोना भाइरस (काभिड–१९) बाट मृत्यु हुनेको संख्या विश्वमा डेढ लाख नाघेको छ । अहिलेसम्म विश्वमा १ लाख ५४ हजार २५६ व्यक्तिको मृत्यु भइसकेको छ । यसैगरी विश्वभर संक्रमित हुनेको संख्या २२ लाख ५० हजार ६६० पुगेको छ भने ५ लाख ७२ हजार ७६ को उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३७ हजार १३५ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमितको संख्या ७ लाख ९ हजार २०१ पुगेको छ । मेरिकापछि कोरोना संक्रमणबाट इटलीमा २२ हजार ७४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७२ हजार ४३४ पुगेको छ । यस्तै स्पेनमा २० हजार दुई जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ९० हजार ८३९ पुगेको छ । फ्रान्समा १८ हजार ६ सयभन्दा बढीको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । बेलायतमा १४ हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८ हजार नाघेको छ ।

चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या भन्दै एक हजार २९० जना मृतक थपिएको जनाएको थियो । पछिल्लो तथ्याङ्क अनुसार अब हुबेईमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ तथा चीनभरमा ४ हजार ६०० पुगेको छ । चिनियाँ अधिकारीहरुले भने यसअघि फेला नपरेका र गणनामा छुटेका १२ सय ९० जना भेटिएको जनाएका छन् ।

यता भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ४ सय ५२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या पनि १३ हजार ८ सयभन्दा बढी भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: