
काठमाडौं । कोरोना संक्रमणका कारण इंग्ल्यान्डका एक पूर्वखेलाडीको निधन भएको छ । ७६ वर्षीय पूर्वफुटबलर नर्मल हन्टरको कोरोनाका कारण शुक्रबार निधन भएको हो । हन्टरमा १० अप्रिलमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।
इंग्ल्यान्डको रक्षापंक्तिका खेलाडी हन्टर सम्मितिल टोलीले १९६६ मा घरेलु मैदानमा भएको वर्ल्डकप जितेको थियो। इंग्लिस प्रिमियर क्लब लिड्स युनाइटेडमा आबद्ध भएर व्यावसायिक फुटबल थालेका उनले उक्त क्लबबाट १४ वर्षमा ७ सय २६ खेल खेलेका थिए।
कमेन्ट गर्नुहोस्
