बैशाख अन्तिम साताबाट हुने तय भएको एनभीए क्लब भलिबल लिग स्थगित

Share:

काठमाडौं । पाँचौं संस्करणको एनभीए राष्ट्रिय पुरुष महिला क्लब भलिबल लिग स्थगित भएको छ ।

कोरोना भाईरसको महामारीको कारण बैशाख अन्तिम साताबाट आयोजना हुने भनिएको लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो । नेपाल भलिबल संघले आयोजना गर्ने लिग बैशाख २५ देखि जेठ १ गतेसम्म हुने तालिका रहेको थियो ।

कोरोनाको कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प रहेको अवस्था मिति तय भएको लिग समेत स्थगित गर्ने निर्णय गरेको संघका सचिव मानवीर छन्त्यालले बताए ।

च्याम्पियनसिपमा गत माघका सम्पन्न पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले लिगमा प्रतिस्पर्धा गर्ने तय थियो ।

यस्तै नयाँ नेतृत्व चयनका लागि असारमा हुने भनिएको संघको केन्द्रिय निर्वाचन समेत पछि सर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: