पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

Share:

पर्वत । चट्याङ लागेर पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ। आइतबार साँझ साढे ५ बजे परेको चट्याङबाट शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती २८ वर्षीया कल्पना भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

साँझ गोठमा बाख्रा बाँधिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो। चट्याङबाट गम्भीर घाइते भएकी कल्पनालाई तत्कालै उपचारका लागि सदरमुकाम कुस्मामा रहेको पर्वत अस्पतालमा लगिएकोमा चिकित्सिकले केही बेरमा नै मृत घोषित गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: