
म्याग्दी । कोरोना (कोभिड–१९) संक्रमणका कारण नेदरल्याण्डमा म्याग्दीकी एक महिलाको मृत्यु भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आएकी ४० वर्षीया लक्ष्मी भट्टचनको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
भट्टचन चिकित्सकको सल्लाह अनुसार एक महिनादेखि ‘होम क्वारेन्टाइन’मै बस्दै आएकी थिइन् । तर संक्रमणले च्यापेपछि उनलाई अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको मोना आइसीका वरिष्ठ उपाध्यक्ष भीम पूर्जाले जानकारी दिए। मृतक भट्टचनका श्रीमान, एक छोरा र एक छोरी छन्।
हालसम्म कोरोना संक्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु भएको छ।
कमेन्ट गर्नुहोस्
