कोरोनाबाट विश्वमा मृतक संख्या १ लाख ६५ हजार नाघ्यो, २४ लाख भन्दा बढी संक्रमित

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वमा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ६९ पुगेको छ । यस्तै संक्रमितको संख्या २४ लाख ७ सय ३४१ पुगेको छ भने ६ लाख २५ हजार १२८ जना निको भएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै ४० हजार ६ सय ६१ पुगेको छ । अमेरिकामा सङ्क्रमितको संख्या पनि साढे सात लाखभन्दा बढी पुगेको छ ।

यस्तै इटलीमा मृत्यु हुनेको संख्या २३ हजार ६६० पुगेको छ भने सङ्क्रमितहरूको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ। स्पेनमा १ लाख ९६ हजार ६६४ सङ्क्रमित छन्। त्यहाँ मृत्यु हुनेको संख्या २० हजार चार सय ५३ पुगेको छ । स्पेनपछि फ्रान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ। त्यस्तै बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ भने संक्रमित संख्या १ लाख २१ हजार १ सय ७२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: