
काठमाडौँ । देशभरको मौसम आज (सोमबार) आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने जनाइएको छ ।
दिउँसो अपराहन्नपछि पूर्व तथा मध्य क्षेत्र र पहाडी भू–भागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पनि पहाडी भू–भागका केही स्थान तथा पूर्वी तराईका एक–दुई स्थानमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
