
काठमाडौं । थानीय वायु र पश्चिमी वायुकाको प्रभावका कारण देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ्ग र कतै कतै असिना सहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षा हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
