भारतमा ५३ जना पत्रकार कोरोना संक्रमित

Share:

काठमाडौं । भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना (कोभिड–१९) संक्रमण भएको छ। सोमबार गरिएको परीक्षणमा ५३ जना पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको मुम्बईको सिटी सिभिल अस्पतालले जनाएको छ । उनीहरु सबैलाई अहिले आइसोलेसनमा राखेर उपचार थालिएको छ ।

कोरोना फैलिँदै गएपछि १६ र १७ अप्रिल दुई दिन चलाइएको विशेष परीक्षण अभियानका क्रममा १७१ जना पत्रकारको नमुना लिइएको थियो। त्यो नमुना टेलिभिजन, रेडियो र छापामाध्यममा काम गर्ने सबै पत्रकारको लिइएको थियो। जसमा छापामा काम गर्ने पत्रकार र टेलिभिजनमा काम गर्ने क्यामेरा पर्सन पनि थिए।

अहिले स्वास्थ्यकर्मीले ती पत्रकारसँग भेट भएका अन्य मानिसको खोजी पनि थालिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: