
गोरखा । गोरखाको शहिद लखन गाऊँपालिकामा चैत १ गतेपछि भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुको कोरोना भाइरसको आरडिटी जाँच गर्ने क्रमम ४२ जनाको जाँचमा नेगेटिभ नतिजा देखिएको छ ।
वडा नं १,२,३,४, र ५ का १६ जनाको जाँच मनकामना स्वास्थ्य चौकीमा र वडा नं. ६, ७, ८ र ९ को जाँच नामजुङ स्वास्थ्य चौकीमा २६ जनाको गरिएको थियो ।
चेकजाँचका क्रममा सहयोग गर्ने स्वास्थ्य कर्मीहरु र यसमा सहयोग गर्ने सुरक्षा संयन्त्र स्थानीय नागरिकहरु सबैलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले धन्यवाद व्यक्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्
