उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४२ पुग्यो

Share:

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या ४२ पुगेको छ। उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिद वरपरका ११ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलबार उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उदयपुरको भुल्केमा ९ जना पुरुष र २ जना महिलासहित ११ जना नयाँ संक्रमित भेटिएका हुन्। त्यहाँ भारतबाट आएका जमातीहरुको समूहबाट स्थानीयबासीमा कोरोना फैलिएको हो।

यसअघि भुल्केस्थित मस्जिदमा बसेका १६ मध्ये १२ जनामा गत ५ वैशाखमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप दुईजनामा समेत पोजेटिभ देखिइसकेको छ। भुल्केमा मात्रै २४ जना कोरोना संक्रमित भेटिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: