कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नाघ्यो, २५ लाख बढी संक्रमित

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६ सय ८ पुगेको छ।संक्रमितको संख्या २५ लाख ५६ हजार ५ सय १२ पुगेको छ भने विश्वभर ६ लाख ९० हजार २ सय ६३ जना निको भएर घर फर्किएका छन्।

कोरोनाबाट अमेरिकामा एकै दिन २७ सय ६५ जनाले ज्यान गुमाएका छन्। बुधबार विहान सार्वजनिक भएको तथ्यांकअनुसार अमेरिकमा मृत्यु हुनेको संख्या ४५ हजार २ सय भन्दा बढी छ। आठ लाख १७ हजार संक्रमित पुगेका छन्।

अमेरिका पछि ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी इटालीमा २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ। स्पेनमा १ लाख ८३ हजार ९ सय ५७ संक्रमित छन्। त्यस्तै अर्को युरोपेली देश स्पेनमा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको ५ भने २ लाख ४ हजार १ सय १७ संक्रमित छन्। फ्रान्समा २० हजार ७ सय ९६ जनाको ज्यान गइसकेको छ। फ्रान्समा संक्रमितको संख्या १ लाख ५८ हजार ५० छ। त्यस्तै बेलायमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख २९ हजार संक्रमित छन्।

कमेन्ट गर्नुहोस्
Share: