
बाग्लुङ । बाग्लुङमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो परेको चट्याङबाट गलकोट नगरपालिका–१ दुदिलाभाटीकी करिब ६० वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो।
घरमै रहेका बेला चट्याङले लागेर बेहोस भएकी खत्रीलाई उपचारका लागि अस्पताल पु¥याएपछि मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । यस्तै, उनीसँगै रहेका उनका श्रीमान करिब ६५ वर्षीय श्रीमान सोमबहादुर सामान्य घाइते भएका छन् । मृतक खत्रीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भैरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
