
काठमाडौं । काठमाडौंबाट दोलखाको जफेका लागि छुटेको मिनीबस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान दुर्घटना भएको हो।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र केही घाइतेलाई काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ। सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका र बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरीले बताएको छ।
गाडीमा बालबालिकासहित करिब ४० जना रहेको बताइएको छ । ब्रेक फेर भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
