जनताको समस्या बुझ्न गृह जिल्लामा सांसद सिग्देल

Share:

तनहुँ । कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितीमा आफ्ना निर्वाचन क्षेत्रमा भएको गतिविधिहरुको निरिक्षण तथा अनुगमनका लागि प्रतिनिधि सभा सदस्य केदार सिग्देल मंगलबार तनहुँ आएका छन् । नागरिकहरुको समस्या समाधानका लागि स्थानीय सरकारले गरेका कार्य र सरकारी तहबाट गर्न सकिने पहलका लागि अध्ययन गर्न साँसद सिग्देल गृह जिल्ला आएका हुन् ।

जिल्लाको निर्वाचन क्षेत्रका ६ स्थानीय तहमा पुगेर सांसद सिग्देलले निष्पक्ष रुपमा राहतका कार्यक्रम संचालन गर्न जनप्रतिनिहरुलाई निर्देशन दिए । ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नरपालिका, घिरिङ्ग र ऋषिङ्ग गाउँपालिकामा पुगेर उनले देशमा सरकार भएको महशुष गर्ने गरि काम गर्न स्थानीयतहलाई आग्रह गरे ।

“नागरिकहरुको सवै भन्दानजिकको सरकार नै स्थानीयतहहो, यो बेला सरकार भएको राम्रोसँग जनताले महशुष गर्न पाउनुपर्छ ।” उहाँलेभन्नुभयो । “नागरिकहरुको समस्यासँगै हामीजनप्रतिनिधिहरु छौँभन्ने गरेर काम गर्नुहोला ।”

उनले कोरोना संक्रमणले ल्याउने जटिलतालाई मध्येनजर गरेर लकडाउन थपिन सक्ने भएकाले नागरिकहरुलाई सिर्जनशिल हुन समेत सुझाव दिए । “अवछिटो उत्पादन हुने तरकारी लगायत खाद्यान्न तयार गर्न लागि पर्ने बेला आएको छ ।” उनले भने “स्थानीय तहमाहुने जनप्रतिनिधिहरु पनि सोहीबमोजिमनागरिकहरुलाई जानकारी दिनुहोस् ।”

सांसद सिग्देलले मंगलबार नै ६ स्थानीयतहसँगै जिल्लाको दुई अस्पताल दमौली अस्पताल र जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेल चौतारालाई १÷१ थान थर्मल गन, २÷२ थान पिपिई (ब्यक्तिगत सुरक्षा सामाग्री) माक्स लगायतका स्वास्थ्य सामाग्री समेत प्रदान गर्नुभएको थियो ।

सो अवसरमा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ्ग, भिमाद नगरपालिका मेयर मेख बहादुर थापा, घिरिङ्ग गाउँपालिकाका रनबहादुर राना, ऋषिङ्ग गाउँपालिकाका राजेन्द्र कृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिकाकी मायादेवि राना लगायतका आफ्ना स्थानीय तहमा भएका गतिविधिहरु र अपनाएको सुरक्षा रणनितिका बारेमा जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: