कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो, अमेरिकामा मृतकको संख्या ४७ हजार बढी

Share:

कोठमाडौं । कोरोना (कोभिड–१९)बाट विश्वभरबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघेको छ । अहिलेसम्म मृतकको संख्या १ लाख ८४ हजार २ सय १७ पुगेको छ। विश्वभर संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ छ भने ति मध्ये ७ लाख १७ हजार ६ सय २५ मानिस निको भएर घर फर्किएका छन्।

संक्रमणबाट अमेरिकामा मृतकको संख्या ४७ हजार ६ सय ५९ पुगेको छ। त्यस्तै त्यहाँ ८ लाख ४८ हजार ७ सय १७ जना संक्रमित छन्। इटालीमा २५ हजार ८५ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा २१ हजार ७ सय १७ को ज्यान गएको छ भने त्यहाँ २ लाख आठ हजार ३ सय ८९ संक्रमित छन्। फ्रासमा २१ हजार ३ सय ४० जनाको ज्यान गएको छ। त्यस्तै त्यहाँ १ लाख ५९ हजार संक्रमित छन्। बेलायतमा मृततको संख्या १८ हजार नाघेको छ। त्यहाँ १ लखा ३३ हजार भन्दा बढीमा संक्रमण छ।

यता भारतमा ६५२ जना व्यक्तिको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २० हजार ४ सय नाघेको छ भने ३ हजार ९६० उपचार पछि निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: