भोजपुरमा पनि कोरोना संक्रमित भेटिए , नेपालमा संक्रमितको संख्या ४८ पुग्यो

Share:

काठमाडौं । भोजपुरमा पनि कोराना (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । बिहीबार हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । उनलाई अहिले आइसोशनमा राखिएको छ ।
ती पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।

यसअघि बिहीबार नै दुई जनामा सङ्क्रमण देखिएको थियो । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: