
काडमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ। हिजो मात्रै कोरोनाबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै विश्वमा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६ सय ५४ पुगेको वल्डोमिटरले जनाएको छ। विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १८ हजार ६ सय ९९ पुगेको छ भने संक्रमितमध्ये सात लाख ४५ हजार ६ सय २० जना उपचारपछि निको भएका छन्।
अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ। त्यहाँ अहिलेसम्म ८ लाख ८० हजार १ सय ३६ जना संक्रमित भएका छन्। इटालीमा ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ।
यता भारतमा अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्।
