बाग्लुङमा भीरबाट लडेर एक पुरुषको मृत्यु

Share:

बाग्लुङ । बागलुङमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४८ वर्षीय तारानाथ खड्का रहेको प्रहरीले जनाएको छ।

बिहिबार साँझ घरबाट निस्केका खड्का नगरपालिका–८ तित्याङको ठुलास्वाँरा भीरबाट लडेर घाइते भएका थिए। उनको उपचारको क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवामा बस्दै आएका उनी बाबुआमा भेट्न एक महिनाअघि बाग्लुङ आएका थिए।

कमेन्ट गर्नुहोस्
Share: