आज देशभरको मौसम बदली : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

497
0
Share:

काठमाडौं । आज (शनिबार) देशभरको मौसम बदली भई विभिन्न क्षेत्रमा पानी परेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले दिनभर नै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही तथा मध्य र पूर्वका थेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

यस्तै राती पनि पश्चिम पहाडी तथा मध्य र पूर्वमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । मध्य र पूर्वका थोरै स्थान र पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: