कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, ३१ लाख ३८ हजार बढी संक्रमित

Share:

काठमाडौं । कोरोना (कोभिड–१९)का कारण विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९ सय ८४ रहेको छ। विश्वभर अहिलेसम्म ३१ लाख ३८ हजार ३ सय ९६ जनामा संक्रमण देखिएको छ भने विश्वभर ९ लाख ५५ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन्।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित संख्या १० लाख ३५ हजार २ सय ४० जना पुग्दा ५९ हजार २ सय २५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख १ हजार ५ सय ५ पुग्दा मृतकको संख्या २७ हजार ३ सय ५९ पुगेको छ । स्पेनमा २ लाख ३२ हजार १ सय २८ जना संक्रमित हुँदा २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६५ हजार ९ सय ११ जना संक्रमित छन् भने २३ हजार ६ सय ६० जनाकोे मृत्यु भएको छ । बेलायतमा १ लाख ६१ हजार १ सय ४५ जना संक्रमित हुँदा २१ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।

यता चीनमा मृत्यु शुन्यमा झरेको छ। त्यहाँ हालसम्म ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार पाँच सय ५५ जना निको भइसकेका छन्। यस्तै भारतमा ३१ हजार ३ सय ६० जना संक्रमित हुंदा १ हजार ८ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: