आजको मौसम देशभर कस्तो रहन्छ ?

795
0
Share:

काठमाडौं। बुधबार (आज) पनि देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरिकै मौसम बदली भएको मौसमविद्ले जनाएका छन् ।

दिउँसो देशभर सामान्य बदली रही पश्चिमका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने महाशाखाले जनाएको छ ।

यस्तै राती पनि देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: