बहराइनमा थप ७७ जना नेपालीमा कोरोना संक्रमण

Share:

काठमाडौं । बहराइनमा थप ७७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुगेको छ ।

बहराइन स्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

विदेशमा अहिलेसम्म करिब १२ सय भन्दा धेरै नेपाली कोरोना संक्रमित भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: