
काठमाडौं । नेपालमा थप तीनजनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना भाइरस पुष्टि भएको हो।
संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षीय पुरुष छन् । उनीहरु सबैजना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कमेन्ट गर्नुहोस्
