
काठमाडौं । रोल्पामा बम बिस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बिहीबार साँझ साढे ६ बजे बम बिस्फोट हुँदा चार जना बालबालिकाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय लोकिराम डांगी, ११ वर्षीया बिमला डांगी, ५ वर्षीय विजय खत्री र सोही गाउँपालिका ४ का १३ वर्षीय गौरव नेपाली रहेको प्रहरीले जनाएको छ।
बालबालिकाले बेवारिसे बम नचिनेर खेलाउने क्रममा बिस्फोट भएको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ भेटिएको अध्यक्ष ओलीले जानकारी दिए ।
अहिले इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ गएको र थप अनुसन्धान भैरहेको जनाइएको छ ।
